सुपुष्पाले गरिन् इन्गेजमेन्ट
नेपाली फिल्मकी अभिनेत्री सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छिन् । उनले, आज काठमाण्डौको एक पार्टी प्यालेसमा आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी हुन् । सुपुष्पा र रौनकको इन्गेजमेन्टमा उनीहरुको परिवारको मात्र उपस्थित थियो ।

सुपुष्पा र रौनकले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, नेपाल सरकारले वैशाख १६ गतेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उनीहरुले २ दिन अघि नै इन्गेजमेन्ट गरेका हुन् । यो जोडी विगत ६ महिनादेखि प्रेममा थियो ।

नेपाली फिल्ममा रणवीरबाट प्रवेश गरेकी सुपुष्पा र कबड्डी र मिस्टर झोले फिल्मका निर्माण कँडेलविच प्रेम रहेको खबर केही समय अघि नै सार्वजनिक भएको थियो । सुपुष्पाले छ माया छपक्कै, चपली हाइट ३ मा पनि अभिनय गरेकी छिन् ।








