‘दोख’ को ओएसटी रिलिज
निर्देशक अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’ को ओएसटी सार्वजनिक भएको छ । ‘रातैले बुन्छ’ बोलको गीतको ओएसटीमा फिल्मको कथा भन्न खोजिएको छ । वण मुकारुङको शब्द रहेको गीतमा पुष्प संगमको संगीत, झुमा लिम्बुको स्वर छ । यो फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । उनले गीतको भाव अनुसार दृश्यको छनोट गरेका छन् ।
यो फिल्म जनयुद्धको पृष्ठभूमीमा बनेको छ । दुई गाउँविचको दुश्मनीको कथामा फिल्म बनेको छ । शैलेन्द्र डी कार्कीको लेखन, राजन कठैतको लेखन रहेको फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायतको अभिनय छ । यो फिल्मको प्रदर्शन मिति तय भएको छैन ।








