बाबरीपछि नितेशले सांगीतिक क्षेत्र पनि छाडे
फिल्म बाबरीबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न लागेका नितेश जंग कुँवरले अन्तिम समयमा यो फिल्म छाडे । उनले यो फिल्म छाडेपछि अभिनेता धिरज मगरले काम सुरु गरिसकेका छन् । उनै, नितेशले सांगीतिक क्षेत्र पनि छाडेको बताएका छन् ।

नितेशले आफ्नो सांगीतिक क्षेत्र अब निष्कर्षमा पुगेको उल्लेख गरेका हुन् । उनले, आफ्नो यो यात्राको दौरानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत भनेका छन् । नितेशले स्वस्थ रहन र नम्र रहन पनि सबैसँग अपिल गरेका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा दर्जन बढी गीत सार्वजनिक गरेका नितेश यूवापुस्तामाझ लोकप्रिय मानिन्छन् । उनका दर्जन बढी गीत सुपरहिट छन् । तर, उनले अचानक किन सांगीतिक क्षेत्रलाई निष्कर्षमा पुर्याउने निर्णय गरे, यो भने खुलेको छैन ।








