फिल्म आँधी तुफान २ को छायांकन पनि सुरु गरिएको छ । केही नेपाली फिल्मको छायांकन कोरोना संक्रमण बढेको बेलामा पनि भैरहेको छ । यही विचमा मौनता श्रेष्ठको लेखन तथा निर्माण, मदन घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म आँधी तुफान २ को छायांकन सुरु भएको हो ।

चाबहिलको एक पार्टी प्यालेसमा पूजा गर्दै फिल्मको छायांकन सुरु भएको हो । यो फिल्ममा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ ।

सस्पेन्स थ्रिलर कथामा यो निर्माण हुने फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ । फिल्मको छायांकन काठमाडौं, काभे र धुलिखेलमा हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV