३ दिनमै केकीलाई कोरोना नेगेटिभ
अभिनेत्री केकी अधिकारीले आफूलाई ३ दिनमै कोरोना नेगेटिभ देखिएको बताएकी छिन् । मौसमी फ्लुका कारण रुखा र खोकी लागेपछि परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको केकीले बताइन् ।

यसपछि भने आफूले आफूलाई आइसोलेट गरेको र ३ दिनपछि परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको केकीले बताइन् । तर, पनि आफू आइसोलेसनमै रहेको केकीले बताइन् ।
केकीले यो समयमा सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्न र आफूलाई र परिवारलाई ध्यान दिन पनि आग्रह गरेकी छिन् । केकीलाई कोरोना नेगेटिभ देखिएपछि फिल्म घिन्ताङको छायांकन पनि सुरु हुन सकेको थिएन ।








