फिल्म प्रेमगन्जको छायांकन सुरु भएको छ । कोरोनाको दोश्रो चरणको संक्रमण बढेपछि चलचित्र क्षेत्र अन्यौलमा छ । तर, फिल्मको छायांकन पनि अघि बढेको छ । यो फिल्मको छायांकन सोमबारबाट सुरु भएको निर्माणपक्षले जानकारी दिएको छ ।

यो फिल्मलाई ४० दिनसम्म खिचिनेछ । फिल्मको छायांकन काभ्रेबाट सुरु भएको छ भने काठमाडौंमा सकिनेछ । अभिनेत्री वेनिशा हमालले फिल्मको छायांकन सुरु भएको जानकारी दिइन् । यो फिल्ममा वेनिशाको साथमा तेज गिरी, सुप्रिया खनाल लगायतका कलाकारकोअ अभिनय छ ।

संजय लामाको छायांकन रहने फिल्ममा राजु फुयाँलको लगानी छ । फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । फिल्म बाबरीको छायांकन पनि बैशाखको ६ गतेबाट सुरु भएको छ ।

For More videos Log on to Mazzako TV