फिल्म ‘बाबरी’ को छायांकन सुरु गरिएको छ । डेढ बर्ष अगाडिबाट नै छायांकन सुरु गर्ने भनिएतापनि यो फिल्मको काम कोरोनाका कारण अघि बढ्न सकेको थिएन । तर, यसको निर्माणपक्षले फिल्मको काम सुरु गर्न सकेको थिएन । अब भने फिल्मको छायांकन सुरु गरिएको छ ।

फिल्मको छायांकन पूर्वको लेटाङबाट सुरु भएको हो । बाबरी फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता धिरज मगर, अभिनेत्री अदिती वुढाथोकी र नव–कलाकार धिरज टोटलानीको मुख्य भूमिका रहनेछ ।

फिल्ममा अभिनेत्री तृप्ती नाडकरले पनि अभिनय गर्दैछिन् । फिल्मको छायांकन लेटाङ, बुधबारे हुँदै सिक्किममा हुनेछ । यो फिल्मलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् । अदिती र धिरजले पूजा गर्दै फिल्मको छायांकन सुरु गरेका थिए ।

For More videos Log on to Mazzako TV