निर्माता निर्देशक विकासराज आचार्यले फिल्म नाई नभन्नु ल ६ को छायांकन तत्काल नगर्ने भएका छन् । यो फिल्मको बजेट उच्च रहेको र कोभिडका कारण अहिले फिल्म छायांकन गर्ने बातावरण पनि नभएकाले उनले नयाँ फिल्म बनाउन लागेका हुन् । विकासले सानो बजेटमा थोरै कलाकार राखेर फिल्म बनाउन लागेका छन् ।

विकासको यो फिल्मको छायांकन चाडै नै सुरु हुनेछ । नाई नभन्नु ल ६ जस्ता ब्रान्डेड फिल्मलाई स्थगित गर्दै विकास सानो बजेटमा लागेका छन् । सानो बजेटमा फिल्महरुको छायांकन सकिएको पनि छ ।

जस्तो, ऋचा शर्माको कौसिद, दिपेन्द्र के खनालको चिसो मान्छे, सुवर्ण थापाको राधा जस्ता फिल्म पनि कम बजेटमा सकिएका छन् । महंगो बजेटमा फिल्म बनाएर जोखिम मोल्न सक्ने अवस्था अहिले नभएपछि निर्माताहरु सस्तो बजेटमा आकर्षित भएका हुन् ।

For More videos Log on to Mazzako TV