हाँस्य कलाकारको रुपमा परिचित छन् सन्दिप क्षेत्री । सन्दिप क्षेत्रीको स्टेज कार्यक्रम, टेलिभिजन कार्यक्रमको फ्यान पनि धेरै छन् । सन्दिप स्टेजमा दर्शकलाई मस्त हसाँउछन् । तर, उनले अभिनय गरेको एउटा फिल्मले यतिबेला उनको अभिनयको प्रशंसा भैरहेको छ ।

नयाँ बर्षको छेको पारेर रिलिज भएको फिल्म ‘श्री’ मा उनको कामको प्रशंसा भैरहेको छ । लकडाउनको समयमा मानिसहरुले भोग्नुपरेको समस्याको कथामा बनेको सिनेमा हो यो । यो फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । फिल्ममा सन्दिपको साथमा भोलाराज सापकाटो, वर्षा सिवाकोटी लगायतको पनि अभिनय छ । तर, सिनेमा हेरेका पत्रकार, फिल्मीकर्मीले भने सन्दिपको कामले सरप्राइज भएको बताइरहेका छन् ।

केही फिल्ममा काम गरेपनि सन्दिपले यती साह्रो चर्चा पाएका थिएनन् । तर, यसपटक भने उनको कामको प्रशंसा भैरहेको छ । तर, फिल्मले दर्शकको साथ भने पाउन सकेन । गलत समयमा रिलिज हुँदा सिनेमा हेर्न हलसम्म दर्शक पुग्न सकेनन् ।

For More videos Log on to Mazzako TV