अभिनेता अनमोल केसीसँग काम गर्न सहज छैन । उनी कुनै पनि फिल्म सहजै साइन गर्दैनन् । किनकी, अनमोल आफै पनि मसँग फिल्म साइन गर्न गाह्रो तर साइन गरेपछि काम गर्न सजिलो रहेको बताउछन् । यही भएर पनि होला, अनमोल केसी फिल्म क्षेत्रकै लागि दुर्लभ छन् । अभिनेता केसी यो क्षेत्रका महंगा अभिनेता हुन् ।

उनलाई महंगो फिल्ममा अफर गर्दा पनि निर्माताले उनको समय पाउँदैनन् । यसअर्थमा, उनी दुर्लभ नै हुन् । अभिनेता केसी पनि आफू दुर्लभ रहेको बताउँछन् । उनले, आफू दुर्लभ रहेको बताउँदै सामाजिक संजालमा स्टाटस लेखे । मिडिया, दर्शक र मेकरका लागि अनमोल केसी दुर्लभ नै छन् । यसैले त उनको स्टारडम यति बलियो छ नी ।

For More videos Log on to Mazzako TV