गरिमाको बेबी बम्प
अभिनेत्री गरिमा पन्तले पनि आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । सामाजिक संजालमा पति हरि थपलियासँगको तस्वीर पोष्ट गर्दै गरिमाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले, सामाजिक संजालमा आफ्नो बेबी बम्प सार्वजनिक गरेकी छिन् । गरिमाले श्रृष्टीबाट श्रृष्टीकर्ता ।

जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश भनेर उल्लेख गरेकी छिन् । नेपाली फिल्म क्षेत्रमा एक दशक भन्दा लामो समय राम्रो क्रेज बनाएकी यी अभिनेत्रीले अभिनय गरेको झोला फिल्म सर्वाधिक चर्चामा मानिन्छ । तर, उनी हरिसँग बिहे गरेपछि बेल्जियममा रहँदै आएकी छिन् ।









