अभिनेता पुष्प खड्कालाई संगीतकार शम्भुजित बास्कोटाले नयाँ फिल्मका लागि अफर गरेका छन् । पुष्प र शम्भुजितविच फिल्मको बिषयमा कुराकानी भैसकेको छ । यो फिल्मका लागि पुष्प सकारात्मक छन् । फिल्मको छायांकन सगरमाथाको अधारशिविरमा गरिनेछ । यो फिल्मका लागि शेर्पा थरकी अभिनेत्री राख्ने तयारी गरिएको छ ।

फिल्मको कथा शम्भुजित आफैले लेखेका हुन् । फिल्ममा शम्भुतिकै संगीत रहनेछ । फिल्मको नाम भने खुलाइएको छैन । चौका दाउ सिनेमा बनाएका शम्भुजित नयाँ फिल्म सोलुखुम्बुको परिवेशमा बनाउने तयारीमा छन् । यो फिल्मको छायांकन असारबाट सुरु गर्ने योजनामा निर्माता छन् ।

अभिनेता पुष्प खड्काको क्रेज नेपाली फिल्ममा ह्वात्तै बढेको छ उनले, लकडाउनपछि कृष्णलीला र तिम्रो मेरो साथको छायांकन सकेका छन् ।

For More videos Log on to Mazzako TV