शैक्षिक मेलामा बिद्यार्थीहरुसंग उपासनाको छलफल
लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले शुक्रबार आफ्नो कार्यालयमा एक शैक्षिक मेलाको कार्यक्रमको आयोजना गर्यौ । मेलामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर अभिनेत्री उपासनासिंह ठकुरीले मेलामा आएका बिध्यार्थीहरूसंग छलफल गरेकी थिइन ।

शैक्षिक मेला उच्चशिक्षा हांसील गर्न अष्ट्रेलिया, यू के र क्यानडा जान चाहने बिध्यार्थीहरूको हितका लागि आयोजना गरिएको थियो । उच्चशिक्षा पढ्न बिदेश जान चाहेता पनि सही जानकारी नपाएका कारण अलमलमा परिरहनु भएका बिध्यार्थीहरूको हितका लागि यो मेला आयोजना गरिएको कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए । मेलामा अफर लेटर र उच्चशिक्षा हांसिल गर्न बिदेश जान खोजे पनि दोधारमा परेका बिध्यार्थीहरूलाई भरपूर जानकारी उपलब्ध गराइएको थियो ।
मेलामा सहभागि हुन आउँने एक सय भित्र परेका बिध्यार्थीहरूलाई बिभिन्न पुरस्कारको ब्यबस्था पनि गरिएको थियो । मेला शुक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना भएको थियो ।








