अभिनेता अनमोल केसीलाई एक मल्टिस्टारर फिल्मका लागि निर्देशक मुकुन्द भट्टले फिल्म अफर गरेका छन् । एक्सन जनराको फिल्मको छायांकन यूरोप र अमेरिकामा हुनेछ । यो फिल्ममा ७५ लाखको अफर आएको चर्चा चलेपनि अनमोलले भने केही पनि बताएका थिएनन् ।

तर, अभिनेता केसीले आफूलाई फिल्मको अफर आएको बताएका छन् । अभिनेता केसीले आफूलाई फिल्मबाट अफर आएको र आफूले गर्ने संभावना प्रचुर रहेको बताएका छन् । ए मेरो हजुर ४ को छायांकन सकेपछि अनमोल फिल्म पारसमा काम गर्ने तयारीमा छन् ।

यसैले आफ्नो सम्पूर्ण ध्यान नै पारसमा रहेको बताउँदै अनमोलले हतार नगर्ने पनि उल्लेख गरेका छन् । अनमोललाई अफर गरिएको फिल्ममा सौगात मल्ल खलपात्रको रुपमा देखिनेछन् । फिल्ममा पुष्प खड्का, निश्चल बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

For More videos Log on to Mazzako TV