ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको ‘शैक्षिक मेला’ मा उपासना
लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले शुक्रबार आफ्नो कार्यालयमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।यो कार्यक्रम उच्चशिक्षा हांसील गर्न अष्ट्रेलिया, यू के र क्यानडा जान चाहने बिध्यार्थीहरूको हितका लागि आयोजना गर्न लागिएको जानकारी दिइएको छ । शैक्षिक मेला कर्नरको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कार्यालयमा आयोजना गर्न लागिएको हो ।

उच्चशिक्षा पढ्न बिदेश जान चाहेता पनि सही जानकारी नपाएका कारण अलमलमा परिरहनु भएका बिध्यार्थीहरूको हितका लागि यो मेला आयोजना गरिएको कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए । उनका अनुसार मेलामा बिभिन्न कलेज र यूनिर्भसिटीका प्रतिनिधिका साथै शैक्षिक लोनका लागि बिभिन्न बैंकका प्रतिनिधि र आइ डि पी आरका प्रतिनिधिहरुबाट भरपूर जानकारी प्राप्त गर्न सकिने छ ।
मेलामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर अभिनेत्री उपासनासिंह ठकुरीले मेलामा आएका बिध्यार्थीहरूसंग छलफल गर्ने छिन् । ‘यो मेला प्रभावकारी र उपलब्धिमुलक हुने छ । सकेसम्म नछुटाउनु होला ।’ उपासनाले आग्रह गरिन् ।
जानकारी गराईए अनुसार मेलामा सहृभागि हुन आउंने एक सय भित्र परेका बिध्यार्थीहरूलाई बिभिन्न पुरस्कारको ब्यबस्था पनि गरिएको छ । मेला शुक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना हुने छ ।








