निर्देशक रमेश वुढाथोकी फिल्म सुदुरका लागि अभिनेत्री खोज्ने दौडमा लागिरहेका छन् । तर, उनले अभिनेत्री भने पाउन सकेका छैनन् । फिल्मका लागि अभिनेतामा मुकुन भुषाल फाइनल छन् । अभिनेत्री नपाउँदा फिल्मको काम सुरु हुन पाएको छैन । फिल्मका लागि अभिनेत्री वर्षा सिवाकोटी फाइनल थिइन् । उनले फिल्म छाडेपछि अभिनेत्रीमा समस्या भएको हो ।

वर्षाले फिल्म छाडेपछि रमेशले रेश्मा घिमिरे, उषा उप्रेती र गरिमा शर्मालाई अफर गरेका छन् । गरिमालाई अफर गरिएको तस्वीर चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले नै शेयर गरेका छन् ।

गरिमाले फिल्म गर्ने वा नगर्ने फाइनल भएको छैन । सुदुरमा अभिनेत्री नपाउँदा फिल्मको छायांकन सुरु हुन पाएको छैन ।

For More videos Log on to Mazzako TV