पहिरनमा कती अब्बल पूजा ? (भिडियो)
अभिनेत्री पूजा शर्मा पहिरनमा कती अब्बल होलिन् । उनी आफूलाई कती अब्बल मान्छिन् होला । अभिनेत्री पूजा शर्माले आफूले समय अनुसार नै पहिरन लगाउने बताएकी छिन् । कार्यक्रम कुन हो र यसको प्रकृती कुन हो भनेर वुझेर पहिरन लगाउने पूजाले बताएकी छिन् ।

शुभबस्त्रम् नामक कपडा पसलको उद्घाटन गर्ने क्रममा उनले यो बताएकी हुन् । पूजाले आफूलाई पहिरन महंगो भन्दा पनि राम्रो हुनुपर्ने बताइन् । उनले, बाहिर हिड्दा कसले कती रकमको पहिरन होला भनेर वुझ्छन् र भन्दै पहिरन सुहाउने पर्ने उनको तर्क छ । नेपाली फिल्ममा उनी अभिनेत्री प्रियंका कार्कीको पहिरन प्रतिको सजगता र रोजाइलाई पहिलो नम्बरमा राख्छिन् ।
उनी, आफू भने ५ जना अभिनेत्री मध्ये पाँचौ नम्बरमा नै पर्ने बताउँछिन् । पूजाले पहिरनका लागि आफूले फिल्ममा निकै मिहिनेत गर्ने गरेको पनि बताएकी छिन् ।








