आज अनमोल केसीको जन्मदिन, कति बर्ष लागे आजबाट ? (भिडियो)
युवास्टार अनमोल केसी । नेपाली सिने क्षेत्रका अहिलेका चलेका, ‘हाईली पेड’ कलाकार हुन्, अनमोल केसी । सिने नगरीका चहिता यि कलाकार अनमोल कसीको आज जन्मदिन परेको छ । आजबाट नायक अनमोल केसी २७ बर्षका भएका छन् । अनमोलको जन्म २०५० साल चैत्र १७ गते बिहान ११ बजेर ३० मिनेटमा भएको हो । सदावहार नायक भुवन केसी र नायिका सुष्मिता केसीको सुपुत्रको रुपमा काठमाण्डौंको ओम नर्सिङ्ग अस्पतालमा उनको जन्म भएको हो । तर, अनमोल ५ बर्षको भएपनि भने सुष्मिता र भुवनको डिर्भोस भएको थियो ।

यतिबेला भुवन र सुष्मिता अलग अलग बस्छन्, अनमोल भने उनका पिता भुवन केसीसँग नै बस्दै आएका छन् । जन्मदिनको आजको दिनमा अनमोल पिता, नायक भुवन केसीले सामाजिक सञ्जालमा निकै राम्रा शब्दहरु खर्च गर्दै अनमोललाई जन्मदिनको शुभकामना दिएका छन् । निकै आस्थिक स्वभावका अनमोल केसी उनका पिता भुवन केसी भन्दा ठ्याक्कै अलग क्यारेक्टरका छन् । उनी एकान्त प्रेमी अनि कम बोल्छन् । बाहिर पनि त्यती निस्कदैनन् । सिनेमाको काम, सिनेमाको सेट कि त घर । अनमोललाई भेटिने भनेको यति दुई ठाँउमा मात्रै हो ।
बाईकका सौखिन अनमोल नेपाली सिने क्षेत्रका अहिलेको सर्वाधिक रुचाईएको कलाकार हुन् । बिषेशत टिनएजर्सहरुलाई हलसम्म तान्नमा अनमोलको निकै ठुलो भुमिका छ । नेपाली सिनेमा भनेपछि नाक खुम्च्याउने समुह पनि अनमोलका चलचित्रहरु पछि भने नेपाली सिनेमा प्रति आर्कषित भएका छन् । अनमोल केसीले ‘होस्टल’ नामको चलचित्रबाट नेपाली सिने क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका हुन् ।

२०१३ मा रिलिज भएको हेमराज बिसी निर्देशित चलचित्र ‘होस्टल’ सुपरहिट भएपछि अनमोलले कहिल्यै पछाडी फर्केर हेर्नु परेको छैन । अनमोलका चलचित्रहरु मानिसहरुले प्रतिक्षा गरिरहेका हुन्छन् । ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’, ‘क्याप्टेन’ लगायत चलचित्रहरुमा उनले काम गरिसकेका छन् । उनको यतिबेला ‘ए मेरो हजुर ४’ प्रर्दशनको लागि रेडी भएको सिनेमा हो । ‘ए मेरो हजुर ४’ पछि अनमोलले ‘पारस’ नामको सिनेमा गर्ने भनेर बताईएको छ ।

अनमोल पछिल्लो समयका महंगा नायक पनि हुन् । उनलाई निकै महंगो रकममा सिनेमाहरुको अफर आउने गरेको छ । पछिल्लो समय ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टले अनमोललाई एक मल्टिस्टार सिनेमाको लागि ७५ लाखको अफर गरिएको हल्ला सिने नगरीमा छ यतिबेला । अनमोलले यो सिनेमा गर्ने वा नगर्ने भन्ने बारेमा भने फाईनल गरिसकेका छैनन् । अनमोलले पछिल्लो समय सिंगल नायकको रुपमा सिनेमामा ५० लाख सम्म पारिश्रमिक लिएका छन् ।
अहिलेका महंगा अनि हेन्सम नायक अनमोल केसीलाई जन्मदिनको मज्जाको शुभकामना । कलिलो उमेरमै सफलताको शिखरमा पुगेका अनमोललाई अब सफलताको शिखरमा टिकिईरहनको लगि पनि हामी शुभकामना दिन चाहन्छौं । ‘ह्याप्पी बर्थ डे अनमोल केसी, मेनी मेनी ह्याप्पी रिर्टन्स अफ द डे’ । तपाई दर्शकचाही आज अनमोलको जन्मदिनमा अनमोललाई के भन्न चाहनुहुन्छ, कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ ।








