वर्षा र राजको मित्रताको चर्चा
नेपाली फिल्मकी सफल अभिनेत्री वर्षा सिवाकोटी र कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालको चर्चाले चलचित्र बजार गर्मिएको छ । वर्षा र राजको भेटघाट बाक्लिदो छ । उनीहरुले आइतबार पनि एकसाथ होली खेलेका थिए । वर्षा आफैले सामाजिक संजालमा पोष्ट गरेको फोटोमा पनि उनी र राज एकसाथ देखिएका छन् ।

वर्षा र राजले भने यो सम्बन्धलाई मित्रताको संज्ञा दिएका छन् । उनीहरुले कुराकानी गर्ने क्रममा आफूहरुलाई एक अर्काको बानी व्यहोरा मन परेको र यो सम्बन्ध मित्रताका परिणत भएको बताए । उनीहरुले आफूहरुको सम्बन्धलाई प्रेमको रुपमा नवुझ्न आग्रह पनि गरेका छन् ।
वर्षा र राजको भेटघाट सुरु भएको ३ महिना बढी भएको वुझिन्छ । उनीहरुले सम्बन्धलाई प्रेमको रुपमा नवुझ्न आग्रह गरेपनि यी दुई गहिरो प्रेममा रहेको चर्चा फिल्म वृत्तमा चलेको छ ।








