अभिनेता अनमोल केसीलाई एक मल्टिस्टारर फिल्मका लागि महंगो पारिश्रमिकसहित अफर आएको छ । लप्पन छप्पन २ का निर्देशक मुकुन्द भट्टले अनमोललाई एक मल्टिस्टारर फिल्मका लागि अफर गरेका हुन् । तर, अनमोलले फिल्म गर्ने वा नगर्ने फाइनल गरेका छैनन् । अभिनेता केसी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् ।

यसपछि उनले होम प्रोडक्शनकै फिल्म पारसमा काम गर्नेछन् । अनमोललाई केही निर्माताले पनि फिल्म अफर गरिरहेका छन् । तर, अनमोलले कुनै पनि फिल्म साइन भने गरेका छैनन् । निर्देशक भट्टले भने अनमोललाई महंगो पारिश्रमिकमा फिल्म अफर गरेको चर्चा छ ।

यो फिल्मका लागि उनलाई निर्माता ७५ लाखसम्म दिन तयार रहेको बुझिएको छ । अनमोल केसीले पछिल्ला सिंगल अभिनेताको रुपमा खेलेका फिल्ममा ५० लाखसम्म पारिश्रमिक लिने गरेका छन् ।

For More videos Log on to Mazzako TV