फिल्म सुरु हुने प्रतिक्षामा वर्षा
अभिनेत्री वर्षा राउत फिल्मको छायांकन सुरु हुने प्रतिक्षामा छिन् । तर, उनले अभिनय गर्ने भनिएका २ फिल्मको छायांकन सुरु हुने कुनै छाटकाट छैन । वर्षाले अभिनय गर्ने पक्का भएको फिल्म के घर के डेराको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । फिल्म २ नम्बरीको भने केही प्रतिशत छायांकन भएपनि कोभिडका कारण रोकिएको थियो । वर्षा यो फिल्मको रिसुट गर्नुपर्ने बताउँछिन् ।

तर, फिल्मको काम सुरु नहुँदा नरमाइलो लागिरहेको उनले बताइन् । काम सुरु गरेर दर्शकमाझ जाने चाहना त हुन्छ नै, तर काम रोकिएको छ वर्षाले भनिन् । वर्षाले नयाँ फिल्म पनि साइन गरेकी छैनन् । नयाँ फिल्मको अफर नै नआउको वर्षाले बताउँदै आएकी छिन् । वर्षाले फिल्मको काम सुरु भैदिए हुन्थ्यो भन्ने लागेपनि केही स्तरिय म्यूजिक भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।








