अनु शाहलाई जन्मदिनको शुभकामना
नेपाली सिने नगरीकी सुन्दरी नायिका अनु शाहको आज जन्मदिन हो । अनुलाई जन्मदिनको मज्जाको शुभकामना । आजबाट नायिका अनु शाह ३१ बर्षमा प्रवेश गरेकी छिन् । जन्मदिनको दिन बिहानै पशुपति पुगेर पुजाआजा गर्दै उनले केही तस्वीरहरु फेसबुकमा समेत पोष्ट गरेकी छिन् । नायिका अनु शाहले द युग देखि युगसम्म नामको चलचित्रबाट सिने नगरीमा डेब्यु गरेकी हुन् । सिनेमामा सोचे अनुरुप सफलता हात पार्न नसकेपनि उनी म्युजिक भिडियो र केही कर्मसियल एडहरुमा भने ब्यस्त नै छिन् ।

नायिका अनु शाहले मिलाप, नागरिक, आई एम इन लभ, भैरब, बाजीगर, लक्ष्य गोरे लगायत चलचित्रहरुमा काम गरेकी छिन् । नायक सविन श्रेष्ठको प्रेममा चुलुम्म डुबेकी अनुले आफनो गर्दनमा सविनको नामको ट्याटु नै खोपाएकी छिन् । केही बर्षदेखि लुकी छिपी प्रेम सम्बन्धमा रमाईरहेका अनु शाह र सविन श्रेष्ठ यतिबेला भने खुल्लम खुल्ला प्रेम ब्यक्त गरिरहेका छन् ।
यि दुईले बिहे नै गरिसके भन्ने हल्ला पनि सिने नगरिमा नचलेको होईन तर साच्चै बिहे नै भईसकेको हो या हुनेवाला मात्रै हो ? त्यो भने यि दुईलाई नै थाहा होला तर जे भएपनि आज अनुको जन्मदिनमा अनुलाई मज्जाको शुभकामना । जीवन सफल रहोस, अनि सविनसँगको प्रेम पनि ।








