दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रीमेक बन्ने पक्का भएको छ । यो चलचित्रको नेपाली रीमेकको लागि अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको निर्माण पक्षले जनाएको छ त्यस मध्य ८०० जनालाई अडिसनको लागी बोलाइएको थियो ।

एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको निर्देशक बिशाल सापकोटाले बताए । अब चाडै नै चलचित्रका लागी मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई युवा फिल्म्सले निर्माण गर्दैछ ।

ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने नेपाली चलचित्रलाई विश्व माझ पु¥याउने एक अवसर पनि हो । युवा फिल्म्सले यस अघि नेपाली चलचित्र कबड्डी , पुरानो डुङ्गा लगायतका चलचित्र यु.एस.एमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ’सफर’ निर्माण भएको छ ।

For More videos Log on to Mazzako TV