नेपाली फिल्ममा कलाकारको चरम अभाव छ । कलाकार खोज्दै जाँदा राम्रा मेकरले पनि कथा अनुसार पाउँदैनन् । यस्तै समस्यामा परेका छन् निर्देशक विकासराज आचार्य । विकासराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म नाई नभन्नु ल ६ का लागि २ जना अभिनेत्री आवश्यक छ ।

तर, अहिलेसम्म यसको टिमले अभिनेत्री फाइनल गर्न सकेको छैन । यो फिल्ममा सेड्रिना प्रधान मुख्य भूमिकामा छिन् । उनी ठूलो भएपछिको भूमिका गर्नका लागि अभिनेत्री खोजिएको हो । तर, पुराना अभिनेत्रीहरु कुनै पनि नसुहाउने र नयाँ नपाइने भएकाले विकास समस्यामा छन् ।

यस्तै, फिल्मका लागि अर्की एक अभिनेत्री पनि फाइनल भएको छैन । फिल्मको कलाकार फाइनल गरेर छायांकनमा जाने तयारीमा विकास छन् । सामिप्यराज तिमिल्सिना र विकासले फिल्मको कथा लेखेका हुन् ।

For More videos Log on to Mazzako TV