सुन्तलीलाई धुर्मुसमाथि कती ठूलो विश्वास ?
हाँस्य अभिनेता सिताराम कट्टेल र अभिनेत्री कुञ्जना घिमिरेले बनाएको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ एक महिना भित्र रिलिज हुने बताइएको छ । यो वेव सिरिज विभिन्न ओटीटी प्लेटर्फममार्फत रिलिज हुनेछ । यो वेव फिल्ममा समावेश ओ मेरो पराना बोलको गीत सार्वजनिक कार्यक्रममा सुन्तलीले धुर्मसमाथिको अथाहा विश्वास व्यक्त गरिन् ।

स्वेत्ना योञ्जनको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सुशिला थापाले अभिनय गरेकी छिन् । सुन्तलीले के दुई सुन्दरी भएर आफूलाई असुरक्षित महशुश गरेकी हुन् त भन्ने प्रश्न उठ्यो । रमाइलो प्रश्नमा जवाफ दिदै सुन्तलीले आफूलाई स्वेत्ना र सुशिलामाथि विश्वास नभएपनि धुर्मुसमाथि भने विश्वास भएको बताइन् ।
उनले, आफूलाई धुर्मुसमाथि अथाहा विश्वास भएको भन्दै आफूलाई धोका दिन नसक्ने बताइन् । उनले, गीतमा स्वेत्नाले धुर्मुसलाई नचाउन सफल भएको भन्दै धन्यवाद समेत दिइन् ।








