अभिनेत्री रीमा विश्वकर्मालाई आफ्नै बायोपिकमा काम गर्ने रहर लागेको छ । हुनत, रीमाको बायोपिक फिल्म बनिहाल्यो भने कस्तो होला भन्ने पनि लाग्न सक्छ । यो फिल्म कसले बनाउला भन्ने पनि प्रश्न उब्जेला । तर, रीमा भने कसैको बायोपिकमा काम गर्नुपरे आफ्नै बायोपिकमा काम गर्ने बताउँछिन् ।

यतिमात्र होइन, उनलाई अभिनेत्री मनिषा कोइरालाको बायोपिकमा पनि काम गर्न मन लागेको छ । रीमाका अनुसार, उनको जीवनमा पनि थुप्रै उतारचढाव छन् । यी उतारचढावको बारेमा मिडियालाई पनि खासै जानकारी छैन । ती कुराहरु पर्दामा आउँदा रोचक हुने रीमाले बताएकी छिन् ।

रीमा विश्वकर्माको फिल्मी करिखर असफल भयो । यसपछि उनी टेलिभिजन रियालिटी शो होस्ट गरेर चर्चामा छिन् ।

For More videos Log on to Mazzako TV