यतिबेला दोहोरी रियालिटी शोको चर्चा छ, चर्चा शो लाई लिएर भन्दा पनि शोका जज् हरुलाई लिएर भएको छ । त्यो पनि नकारात्मक चर्चा । शो का जज् हरुको आलोचना भईरहेको छ, भने गालीको त कुरै नगरौं, कति हो कति । यो रियालिटी शो गत शनिवारबाट नेपाल टेलिभिजनमा प्रसारणमा आएको छ ।

प्रसारणको पहिलो भागमा नै यो शो आलोचित बनेको छ । बिशेषत शोका जज् हरुले प्रतिस्पर्धीलाई गर्ने ब्यबहार र उनीहरुको बोलीका कारणले दर्शकले यो शो नै बन्द गर्नुपर्ने अथावा जज् हरुलाई परिवर्तन गर्नुपर्ने भन्दै प्रतिक्रिया दिएका छन् । यस रियालिटीशोका जज् हरुमध्येका एक हुन्, चन्द्र शर्मा । उनले दोहोरी गायिका कल्पना दाहालमाथी गरेको टिप्पणीले उनका शुभचिन्तकहरु निकै रुष्ट बनेका छन् ।

‘हामीले अरु कुनै टिभी–टिभीतिर देखेको कल्पना बैनी हो तपाई ? तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साईरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’ भनेर चन्द्र शर्माले कल्पनालाई भन्छन् । उनले यसरी चर्चामा आईसकेकी, नाम बनाईसकेकी प्रतियोगीलाई होच्याएर बोलेको धेरैले मन पराएका छैनन् । मात्रै नभएर समग्रमा शोमा आउने अन्य प्रतिस्पर्धीलाई गरिएको ब्यबहार र बोली नराम्रो भएको भनेर दर्शकले आवाज उठाईरहेका छन् ।

दोहोरी रियालिटी शोको जज् हरुको रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, गायिका सिता थापा, गीतकार रमेश बिजी र गायक तथा रचनाकार चन्द्र शर्मा रहेका छन् । नेपाल टेलिभिजनबाट शनिवार राती ८ बजेको समाचार पछि आउने यो शोलाई बद्री पंगेनी र गायिका प्रिती आलेले सञ्चालन गरेका छन् । पहिलो भागमा डिजिटल अडिसनबाट छानिएका ३५ समुहको फिजिकल अडिसन प्रसारण गरिएको थियो ।

यो शोलाई नेपाली लोकदोहोरी क्षेत्रै ठुलो रियालिटी शो भनेर भनिएको छ । शोका बिजेताले २० लाख नगद, दोस्रो हुनेले १० लाख र तेस्रो हुनेले ३ लाख सहिट अर्को एकजनाले २ लाख पुरस्कार सहितको सान्तवना पुरस्कार प्राप्त गर्नेछन् भनेर बताईएको छ । प्रसारणको आरम्भमै गालीको बर्षा भएको यो शो आगामी दिनमा कसरी अगाडी बढ्छ, त्यो हेर्न बाँकी छ । अहिलेको आधुनिक जमानामा पुरानै ढर्रामा प्रतिस्पर्धी भन्ने बित्तिकै होच्याएर बोल्नुपर्ने, जजको कुर्सीमा बस्ने बित्तिकै सानपट्टी दिई हाल्नुपर्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ ।

यहाँ कुनै रियालिटी शोमा नगईकन, आफ्नै बलबुताले, अझ पछिल्लो समय त सामाजिक सञ्जालहरुबाट पनि धेरै कलाकारहरुले नाम, दाम र आफ्नो छुट्टै स्थान बनाएका धेरै उदाहरणहरु छन् । अहिले आएर पनि प्रतिस्पर्धीलाई प्रोत्साहन र सही कमेन्ट नगर्ने हो भने रियालिटी शोको खासै औचित्य देखिदैन् ।

For More videos Log on to Mazzako TV