फिल्म परदेशी २ को छायांकन सकिएको केही महिनापछि अभिनेत्री वर्षा सिवाकोटीले नयाँ फिल्म ए साथी सुनको छायांकन सुरु गरेकी छिन् । आजबाट यो फिल्मको छायांकन हेटौडाबाट सुरु भएको वर्षाले जानकारी दिएकी छिन् ।

यो फिल्मलाई लभ स्टोरी तथा सस्पेन्स कथामा निर्माण गर्न लागिएको हो । वर्षाले दर्शकबाट यसअघि पाएको माया यो फिल्मबाट पनि पाउने आशा गरेकी छिन् । राघव आचार्यको निर्देशनमा बन्ने यो फिल्ममा विना कार्कीको लगानी छ । फिल्ममा रमेश बाँनियाले अभिनेत्री वर्षासँग काम गर्दैछन् । फिल्मको छायांकन धरानमा पनि गरिनेछ ।

For More videos Log on to Mazzako TV