लण्डनबाट २ बर्ष अगाडि सुरु भएको फिल्म सम्हालिन्छ कहिले मनको छायांकन दुबइमा पुगेर सकिएको छ । फिल्मको गीत र केही दृश्यको छायांकनका लागि यो फिल्मको निर्माण यूनिट केही दिन अगाडि दुबई उडेको थियो । दुबइमा आज फिल्मको इन्डक्ल्याप गरिएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।

यो फिल्मलाई फरक लभ स्टोरी कथामा निर्माण गरिएको भनिएको छ । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मको छायांकन सकिएसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्म वि.सं २०७८ सालको भदौ १८ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

अमित बस्नेतको लगानीमा बनेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सनिष खकुरेल हुन् । यो मितिमा फिल्म ए मेरो हजुर ४ को पनि प्रदर्शन मिति तय गरिएको छ ।

For More videos Log on to Mazzako TV