रेनशाको ब्यानर भन्दा बाहिरको फिल्म धिरजले साइन गरे
अभिनेता धिरज मगरलाई निर्देशक रेनशा वान्तवा राइको व्यानरमा नै अल्झिएको आरोप लाग्ने गरेको छ । धिरजले अभिनय गरेको फिल्म इन्टु मिन्टु लण्डनमा हो । यो फिल्म चलेपछि धिरज पनि चले । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता पनि ह्वात्तै बढे । तर, धिरजले नयाँ फिल्म बाहिरी ब्यानरमा खेल्ने निर्णय गरेनन् ।

उनले फिल्म आई एम ट्वान्टी वान साइन गरे । रेनशा वान्तवा राइले नै यो फिल्म निर्देशन गरिन् । धिरजको फिल्म नआएको २ बर्ष भन्दा बढी भैसक्यो । धिरजले रेनशाको ब्यानर भन्दा बाहिरको फिल्म पहिलो पटक साइन गरेको बताएका छन् । तर, उनले अहिले नै फिल्मको बारेमा विस्तृत भन्न नमिल्ने पनि बताएका छन् ।
धिरजले चाडै नै आफूले फिल्मको बारेमा जानकारी दिने बताएका छन् । धिरजले नै नयाँ फिल्म साइन गरेको बताएपछि अब उनी रेनशाको ब्यानर भन्दा बाहिर आउन खोजेको देखिन्छ ।








