केकीले काटिन् कपाल
अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेकी छिन् । उनले जीवनमा पहिलो पटक कपाल काटेकी हुन् । केकीले कपाल काटेको फोटो सार्वजनिक गरेपछि यसले चर्चा पाउन थालेको छ । केकीले भने नयाँ फिल्मका लागि कपाल मुण्डन गरेको बताएकी छिन् । वैशाखबाट छायांकनमा जाने एक फिल्मका लागि आफूले कपाल काटेको केकीले बताइन् । केकीले कपाल काट्दा आफू भावूक भएको पनि बताएकी छिन् ।

केकीले नयाँ फिल्मको लागि कपाल काटेको बताएपनि नाम भने सार्वजनिक गरेकी छैनन् । बोक्सीको घरको छायांकन सकेपछि आफूले कपाल काटेको केकीले बताइन् । केकीले कपाल काटेपछि आफूलाई सहज महशुश भएको बताइन् । मुख्यकुरा त, नुहाउने बेलामा समय पनि बच्ने उनले बताएकी छिन् ।
केकीले कपाल काटेपछि विभिन्न प्रतिक्रिया पाएको र यसले आफूलाई उत्साहित भएको बताएकी छिन् । केकी अघि अभिनेत्री सुरक्षा पन्त, दिपशिखा खड्का लगायतले पनि कपाल काटिसकेका छन् ।








