फिल्म ‘मारुनी’ युटुबमा रिलिज भएको छ । बिहिबार यो फिल्म युटुबमा रिलिज भएको हो । फिल्म सार्वजनिक भएको केही घन्टामै युटुबको ट्रेन्डिङमा समेत आएको छ । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्म मारुनीमा पूनम गौतमको लगानी छ ।

पुनम इन्टरटेन्मेन्टले यो फिल्म बनाएको हो । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्म मारुनीलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया पनि दिएका छन् । अधिकांश दर्शकले नेपालमा फरक कथामा फिल्म बनेको बताए ।

हलमा पनि यो फिल्मले राम्रो समिक्षा पाएको थियो । दर्शकले यो फिल्मलाई मन पराएका थिए । मारुनीले लिंग परिवर्तन गर्ने एक यूवकको कथालाई प्रस्तुत गरेको छ ।

For More videos Log on to Mazzako TV