‘वर्षा नाई नभन्नु ल ६’ मा नहुने
‘फिल्म नाई नभन्नु ल ६’ को सबै काम अन्तिम चरणमा पुर्र्याएर निर्देशक विकासराज आचार्य लिड अभिनेत्री खोजिरहेका छन् । अरु, सबै कुरा फाइनल भएको भन्दै उनले अब अभिनेत्रीको खोजीमा लागेको बताए । यसका लागि उनले विभिन्न कलाकारसँग कुराकानी पनि गरिरहेका छन् । नाई ‘नभन्नु ल ६’ मा यसअघि अभिनेत्री वर्षा राउतले काम गर्ने चर्चा भएको थियो ।

कुरा भएपनि वर्षाले फिल्म साइन गरेकी थिइनन् । तर, अब यो फिल्ममा उनी नहुने भएकी छिन् । फिल्म भित्रै ‘नाई नभन्नु ल ४’ को क्लाइमेक्स दृश्य देखाउनुपर्ने भएपछि वर्षा नहुने भएकी हुन् । वर्षाले नाई नभन्नु ल ४ मा अभिनय गरेकी थिइन् ।
सेड्रिना ठूलो भएपछिको भूमिकाका लागि कलाकार खोजिएको विकासले बताए । सामिप्यराज तिमिल्सिनासँग मिलेर विकासले फिल्मको कथा लेखेका हुन् ।








