निर्देशक तथा निर्माता निश्चल बस्नेतले यो बेलामा सिनेमाकर्मी सबै एक हुनुपर्ने बताएका छन् । फिल्म लप्पन छप्पन २ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निश्चलले सबैजना मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले, यो बेलामा चलचित्र विकास बोर्डको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

विकास बोर्डले फिल्म स्टूडियो पछि बनाएपनि हुने भन्दै उनले यो बेलामा निर्माताका लागि राहतको प्याकेज ल्याउन आग्रह गरे । निश्चलले फिल्म क्षेत्रमा कसै न कसैले जोखिम मोल्नुपर्ने पनि बताए । यो समयमा जोखिम मोल्न नसके र फिल्म रिलिज गर्न नसके दर्शकले नपत्याउने निश्चलको भनाई छ ।

एउटा हिन्दी फिल्म आएर माहोल बनाइदिए हुन्थ्यो भनेर धेरै निर्माता पर्खिएको भन्दै उनले नेपाली फिल्मको माहोल बनाउन हिन्दी फिल्म कुर्नु लाजमर्दो बिषय भएको पनि स्पष्ट पारे ।

For More videos Log on to Mazzako TV