बहुप्रतिक्षित चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर रिलिज गरिएको छ । जसमा सिनेमाका कलाकारहरुको लुक्स र डाईलगहरुको निकै राम्रो कम्बिनेसन देखिएको छ । ट्रेलरबाटै सिनेमाको लोकेशनको पनि तारिफ मिलेको छ, । यो सिनेमा चैत्र २७ गतेबाट सार्वजनिक प्रर्दशनमा आँउदैछ ।

चलचित्र ‘लप्प्न छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही, सरिता गिरी, स्वं. दिपक क्षेत्री लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । त्यस्तै फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

यो सिनेमाको ट्रेलरमा सौगात मल्ललाई सुपरस्टारको ट्याग पनि दिईएको छ । ‘लप्पन छप्पन २’ को मुकुन भट्टले निर्देशन गरेका छन् । यसअघि लप्पन छप्पनबाट आएको प्रतिक्रियाले निकै हौसिएका मुकुन्दले यसपाली सिनेमाले सबैको ध्यान तान्नेमा ढुक्क देखिएका छन् । उनका अनुसार सिनेमालाई उत्कृष्ट देखाउन कुनै कसर बाँकी राखिएको छैन ।

सिनेमाको कथाले मागे अनुसारको लोकेशन, ड्रेस, गेटअप र प्रोपर्टीजहरुमा कन्जुस्याई नगरिएको भनेर निर्देशकले बताएका छन् । चलचित्र लप्पन छप्पन २ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । सिनेमाको खिचाई र कलरको पनि निकै तारिफ भएको बुझिएको छ । जुन चलचित्रको भर्खरै रिलिज भएको ट्रेलरमा पनि देख्न सकिन्छ ।

चलचित्रलाई सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । खिलेन्द्रराज तिमसिनाको प्रस्तुती रहेको यो सिनेमाको पटकथा तथा संवाद निर्देशक मुकुन भट्टले नै तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता का रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV