अभिनेता प्रदिप खड्का आजबाट २९ बर्षमा प्रवेश गरेका छन् । नेपाली फिल्म क्षेत्रमा प्रदिप स्केपबाट प्रवेश गरेका थिए । यसपछि उनले ठूलो मान्छे नामक फिल्म बनाएका पनि थिए । दुबै फिल्म चलेनन् । करिअर नै असफलतातिर अघि बढिरहेको समयमा प्रदिपले फिल्म प्रेमगीत खेले । यो फिल्म चलेपछि भने प्रदिपको स्टारडम बढ्यो । उनी अहिलेका व्यस्त अभिनेता हुन् ।

उनै, प्रदिप आज आफ्नो जन्मदिन मनाइरहेका छन् । प्रदिपले फिल्म प्रकाशको टिम, प्रेमगीतको टिम र फ्यानसँग जन्मदिन मनाउने बताएका छन् । अभिनेता खड्काले अभिनय गरेका प्रेमगीत २, रोज, लिलिबिली, लभ स्टेशन असफल भए । तर, पनि उनको क्रेज पनि कम छैन । उनी प्रकाश नामक फिल्ममा काम गर्दैछन् ।

यस्तै, उनले अभिनय गरेको फिल्म प्रेमगीत ३ पनि रिलिजको क्रममा छ । नेपाली फिल्मका सफल र चकलेटी अभिनेता खड्कालाई जन्मदिनको धेरै धेरे शुभकामना ।

For More videos Log on to Mazzako TV