बर्षैपछि बिनय र नम्रता अब फेरिसँगै (भिडियो)
नायक बिनय श्रेष्ठ र नायिका नम्रता श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाए । जुन बेला सिनेमा ‘सानो संसार’ रिलिज भएको थियो । यो चलचित्रलाई रुचाईयो, अनि चलचित्रका कलाकारहरुलाई पनि । नम्रता र बिनयको करियरकै टर्निङ्ग पोईन्ट मानिएको थियो यो सिनेमा सानो संसारलाई । साथमा कर्माको अभिनयको तारिफ भएकै हो । अब बर्षौ पछि फेरिपनि बिनय र नम्रता सँगै देखिने भएका छन् ।

बिनय र नम्रताको जोडीलाई लिएर सिनेमाको तयारी भईरहेको छ । सिनेमाको निर्देशन राजिव गुरुङ्गले गर्न लागेका हुन् । म्युजिक भिडियो निर्देशक राजिवको यो डेब्यु फिल्म हो । सिनेमा युनिटले सिक्किम सम्म पुगेर चलचित्रको सुटिङ्गका लागि लोकेशन हेरेको छ । सिनेमाको छायांकन लभगभ ५० प्रतिशत जति सिक्किमा गर्ने निर्माण युनिटले जानकारी गराएको छ ।
सिक्किमको चलचित्र बिकास बोर्डकी अध्यक्ष पूजा शर्माले लोकेशन हेर्न सिक्किम पुगेको निर्माण टोलीलाई स्वागत गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिएकी छिन् । सिक्कमको लोकेशनमा सुटिङ्ग गर्ने बिदेशी सिनेमालाई सिक्किम सरकारले अनुदान समेत दिदै आएको छ । यही भएर पनि धेरै नेपाली चलचित्रहरु सिक्किममा सुटिङ्ग हुने गरेका छन् ।
सिनेमाको तयारी भईरहेको भए पनि सिनेमाको टाईटल भने सार्वजनिक गरिएको छैन् । नायिका नम्रता श्रेष्ठले पछिल्लो समय प्रसाद २ मा काम गरेकी छिन् भने बिनयको पछिल्लो सिनेमा भने रोमियो एण्ड मुना हो । बिनयले केही बेभ सिरिजमा भने काम गरिरहेका छन् । अब बर्षौ पछि पर्दामा निकै रुचाईएको जोडी नम्रता श्रेष्ठ र बिनय श्रेष्ठलाई फेरि एकसाथ हेर्नको लागि तपाई दर्शक कत्तिको एक्साईटेड हुनुहुन्छ ?








