रियल लाईफको लभ जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ । यि दुई अभिनित चलचित्र दि सिक्रेट्स अफ राधाको सुटिङ्ग सकिएको छ । करिब २५ दिनको सुटिङ्ग पश्चात सिनेमाको प्याकअप गरिएको हो । सिनेमालाई पालुङ्ग र काठमाण्डौं आसपासमा खिचिएको छ ।

सिनेमाको सुटिङ्ग सकेर सिनेमा यतिबेला एडिटिङ्ग टेबलमा आईपुगेको छ । यो सिनेमामा नायक सौगात मल्लले पनि पैसा लगाएका छन्, उनले सुवर्ण थापासँग मिलेर यो सिनेमा बनाएका हुन् ।

सिनेमालाई सुर्वण थापाले निर्देशन गरेका छन् । सुनगाभा, फन्को, र बाटोमुनिको फूल २ निर्देशन गरेका सुवर्णको यो चौथो फिल्म हो । सिनेमालाई लिएर निर्देशक सुवर्ण थापा उत्साहित देखिएका छन् ।

चलचित्र दि सिक्रेट्स अफ राधामा सौगात र सृष्टि सहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, राजन खतिवडा, बुद्धि तामाङ्ग लगायत कलाकारहरुले पनि अभिनय गरेका छन् भने केमियो रोलमा दयाहाङ्ग राई र निश्चल बस्नेतलाई पनि देख्न सकिनेछ यो चलचित्र दि सिक्रेट्स अफ राधामा ।

For More videos Log on to Mazzako TV