अब राजेश हमाल म्युजिक भिडियो नखेल्ने, आखिर किन ? (भिडियो)
कुनै बेला राजेश हमालको सिनेमाको सुटिङ्गले उनलाई भ्याईनभ्याई हुन्थ्यो । जुन बेला राजेश हमाल एउटा फिल्मको सेटबाट सिधै अर्को फिल्मको सेटमा जाने गर्थे, अझ भनौं हमालको दुई तीनवटा सिनेमाको एकसाथ सुटिई भईरहेको हुन्थ्यो । स्टुडियोमा इन्डोर एउटा सिनेमाको सुटिङ्ग चलिरहेको छ, बाहिर अर्को सिनेमाको छायांकन भईरहेको छ ।

भित्र गयो, सट दियो, फेरि बाहिर आयो ड्रेस चेन्ज गर्यो, अर्को सिनेमाको लागि सट दियो, प्यारालाल्ली दुई तीनवटा सिनेमाको काम पनि राजेशले सँगै सकेका छन्, पहिले पहिले । तर यतिबेला भने राजेश हमालको सिनेमामा हैन्, झण्डौ झण्डौ म्युजिक भिडियोमा चाही त्यस्तै अवस्था आउन लागिसक्यो । राजेश हमालको म्युजिक भिडियोमा निकै राम्रो डिमान्ड छ यतिबेला ।
हमाललाई लिएर भिडियो बनाउन चाहनेहरुको लाईन लागेको देखिन्छ । राजेशले पनि थोरै समयमै धेरै भिडियोहरुमा काम गरिसकेका छन् । तर केहीलाई छोडेर हेर्ने हो भने भिडियोहरुले भने खासै कमाल गर्न सकेको देखिदैन । सिनेमा छान्न नजानेको आरोप खेपिईरहने हमालले म्युजिक भिडियो पनि छान्न नजानेकै हुन त ?
यता, प्रत्रकारको प्रश्न…. अब कति भिडियो गर्ने हो राजेश दाई, भिडियो अलि धेरै भएन र भन्या ? हमाल भन्छन्, मलाई पनि अब चाही त्यस्तै लाग्न थालिसक्यो, अब सिनेमाको काम चाँडै शुरु हुदैछ, सिनेमाको काम स्टार्ट भएपछि भिडियोलाई कम्प्लिटली बन्द गर्दैछु । राजेशले यस्तो जवाफ दिएका छन् । राजेश हमाल सत्यम चलचित्रमा काम गर्दैछन् । यतिबेला उनी सिनेमाको स्क्रिप्टमा वर्कआउट गरिरहेका छन् । अब सत्यमको काम शुरु हुनेबित्तिकै राजेशले म्युजिक भिडियो नगर्ने भनेर बताएका छन् ।

हालसालै राजेश हमाल जनकपुर लिट्रेचर फेस्टिबलका लागि जनकपुर पुगेका थिए । उनले त्यहाँ मनिषा कोईरालासँग स्टेज सेयर गरेका छन् । राजेश हमालको सिनेमाको काम कम भएपनि उनको स्टेज शोहरु, मेला महोत्सव, टेलिभिजन रियालीटी शोहरुमा भने डिमान्ड कहिल्यै पनि घटेको छैन् ।
अब राजेश हमालको सिनेमा सत्यमले भने कस्तो गर्ने हो, त्यो हेर्न बाँकी छ । राजेशले चलचित्र सत्यममा पल शाह, अनुपबिक्रम शाहीसँग स्क्रिन सेयर गर्नेछन् । त्यस्तै राजेश हमाललाई लिएर धिरेन शाक्यले सिनेमा बनाउने चर्चा पनि चलेको छ । यतिबेला भने राजेश आफैले पनि सिनेमा बनाउने तयरी गरिरहेका छन् । यसरी हेर्दा राजेश हमाल ठुलो पर्दालाई नै बढी महत्व दिन्छन्, केही समय फुर्सदिलो बनेको बेला उनले भिडियो भने धमाधम गरिहाले तर अब उनी आफैलाई धेरै गरियोकी जस्तो लाग्न थालेको छ ।
For More videos Log on to Mazzako TV







