यहि चैत्र २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीतसार्वजनिक भएको हो । शुक्रबार ‘डियर बन्न मन छ मलाई’ बोलको गीत सार्वजनिक गरिएको हो । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी मज्जाले नाचेका छन् ।

नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प, श्रद्धा, बुद्धि,रबिन्द्र, नवीन रेग्मी, भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर फिल्मस्को हो ।

For More videos Log on to Mazzako TV