पूजा र आकाशको प्याचअप
केही दिन अघि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले एउटा अन्तरवार्ता दिए । यो अन्तरवार्ताले पूजा र आकाशका फ्यानको मन दुख्यो । पूजाले आकाशसँग आफ्नो सम्बन्ध साथीको मात्र भएको बताइन् । पूजाले आकाश र आफूमा इगो रहेको बताइन् ।

यसले उनीहरुको फ्यान रिसाए । पूजालाई नकारात्मक प्रतिक्रिया सुन्नु पर्यो । तर, शनिबार आयोजना गरिएको नेपाली म्यूजिक भिडियो अवार्डको उत्कृष्ट ५ सार्वजनिक कार्यक्रममा भने पूजा र आकाश एकसाथ देखिए । उनीहरु, एकसाथ देखिदा धेरैले उनीहरुविच प्याचअप भएको भनेर वुझे । पूजाले आकाशले आफ्नो फोन नउठाएकाले रिसको झोकमा अन्तरवार्ता दिएको बताइन् ।
आकाशले भने पूजासँग कोही रिसाउँदा त्यो आफूसँग नी रिसाएको जस्तो हुने र कोहीले पूजालाई माया गर्दा आफूलाई पनि गरे जस्तो हुने बताए । यसले पूजा र आकाशको प्याचअप भएको वुझ्न सकिन्छ ।








