आकाश र पुजाको ‘प्राण पियारी’ सार्वजनिक
पछिल्लो समयका बहुचर्चित जोडी आकाश श्रेष्ठ र पुजा शर्मा अभिनित नयाँ गीत “प्राण पियारी”को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक नरेन्द्र वल्लभ पन्थको आवाज रहेको “प्राण पियारी” मा डि.पी खनाल को शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

उत्सव दाहालको छांयांकन तथा बिकाश दाहालको सम्पादन रहेको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ।जया शर्मा कृयटिम डिरेक्टर रहेको प्राण पियारी लाई सुब्रत राज आचार्यले निर्देशन गरेको छन् । म्युजिक भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।








