वर्षासँग टाढिए मिलन, रेविकासँग नजिक
निर्देशक मिलन चाम्सले विर विक्रम २ फिल्म बनाएको बेलामा उनको नजिक अभिनेत्री वर्षा सिवाकोटी थिइन् । वर्षाले मिलनसँग केही फिल्म खेल्ने आशा पनि राखेकी हुन् । तर, मिलन र वर्षाको सम्बन्ध चिसियो । मिलनले वर्षालाई राखेर फिल्म गोर्खा वारियर बनाउने घोषणा पनि गरे ।

तर, उनले गोर्खा वारियर नबनाई फिल्म गोर्खा वारियर २ को घोषणा गर्दा उनको वर्षासँग सम्बन्ध विग्र्रिएको चर्चा भयो । वर्षासँग टाढा हुँदै गर्दा मिलनको सम्बन्ध भने अभिनेत्री रेविका गुरुङसँग नजिक देखिएको छ । लकडाउनपछि मिलनले रेविकासँग केही म्यूजिक भिडियोमा पनि काम गरे । यसपछि भने उनले रेविकालाई हिरोइन बनाएर फिल्म गोर्खा वारियर २ को घोषणा गरेका छन् ।
यसले रेविका र मिलन नजिक भएको पुष्टी गर्छ । रेविकाले मारुनी, म लगायतका फिल्म खेलेकी छिन् । मारुनीबाट उनलाई कुनै फाइदा भएन । म रिलिज भएको छैन । मिलनको साथले उनको करिअर उभो लाग्ला कि के होला, थाहा भोली नै होला ।








