अभिनेत्री उपासना सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको नयां शाखाको उद्घघाटन गरेकी छन । ठकुरी यो एजुकेसनको ब्राण्ड ऐम्बेस्टर हुन । काठमाण्डौको नयां बानेश्वरमा रहेको नयां शाखाको उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घघाटन गरेका हुन ।

उद्घघाटन कार्यक्रममा उपासना सिंह ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नर संग जोडिन पाएकोमा प्रसन्नता ब्यक्तग गरिन –‘यो संस्थाको बिगतको कार्य नयाँ सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हँु ।’ उपासनाले भनिन् भने यो संस्थाका प्रमुख सुनिल उप्रेतीले पछिल्लो समय यूबा दर्शकहरू माँझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड ऐम्बेष्टरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको कुरा बताए ।

कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस प्रपोज २०१९ बिजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । ‘बिद्यार्थीहरूको सन्तुष्टी नै आफ्नो संस्थाको लक्ष्य भएको कुरा बताउँदै नबराज प्रसाई , नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने कुरा तर्फ जोड दिएका थिए ।

For More videos Log on to Mazzako TV