निर्देशक मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर २’ निर्माण घोषणा गरेका छन् । मंगलवार राजधानीमा एक कार्यक्रमको आजोजना गर्दै ‘गोर्खा वारियर २’ घोषणा गरेका हुन् । पहिलो भाग ‘गोर्खा वारियर १’ लाई भने अर्को वर्ष निर्माण गर्ने बताइएको छ । ‘गोर्खा वारियर २’ गोर्खाली सेनाको वीरता र योगदानको गथामा फिल्म बनाउँने निर्देशक चाम्सले बताए ।

यही फागुन २७ गतेबाट फ्लोरमा जाने फिल्मको मलेशिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन हुनेछ । फिल्मले वीर गोर्खालीहरुको कथा प्रस्तुत गर्नेछ । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ ।

फिल्मको कथा निर्देशक चाम्सले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई गिरीराज घिमिरेले साथ दिएका छन् । सुदिप बरालले खिच्ने फिल्मलार्ई अर्जुन जिसीले सम्पादन गर्नेछन् । हिमाल केसीको द्वन्द्व, एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहने फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारी गरिएकोे छ ।

लन्डन सिनेआइ प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको सह–निर्मातामा सुरेश राई र पूर्ण लिम्बु छन् । फिल्मको घोषणा सभामा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राष्ट्रिय गौरवको विषयमा फिल्म बनाउने हिम्मत गरेकोमा मिलन चाम्सलाई धन्यवाद व्यक्त गरे ।

For More videos Log on to Mazzako TV