दर्शकले अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको जोडी पर्दामा कस्तो देखिन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन । किनकी, यो फिल्म रिलिज भएपछि मात्र जोडीको बिषयमा चर्चा हुनसक्छ । तर, यो जोडीलाई लिएर फिल्म बनाउन भने निर्माताहरु लालयित छन् । नृत्य निर्देशक कविराज गहतराजको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म मिररमा भने यी दुई कलाकार देखिने भएका छन् ।

कविराज मिरर नामक सिनेमाको तयारीमा छन् । यो फिल्मका लागि कलाकार फाइनल गर्ने क्रम अगाडि बढेको छ । स्रोतका अनुसार, यो फिल्ममा अभिनेता आर्यन सिग्देलले काम गर्ने फाइनल भैसकेको छ । अभिनेत्रीमा उपासना सिंह ठकुरीले काम गर्दैछिन् । उपासनाको डिमाण्ड फिल्म क्षेत्रमा ह्वात्तै बढेको छ ।

यही भएर पनि उनी एकपछि अर्को फिल्ममा देखिदैछिन् । आर्यन र उपासनासँगै सिनेमामा प्रशान्त ताम्राकारले काम गर्ने पनि फाइनल भएको छ । उपासना र आर्यनले सिनेमा डिसेम्बर फल्सकै काम सक्न बाँकी छ । यो फिल्मको छायांकन सकेपछि उनीहरुले मिररलाई समय दिनेछन् ।

For More videos Log on to Mazzako TV