फिल्म पारसको छायांकन सुरु गर्ने तयारीमा निर्माता भूवन केसी छन् । तर, यो अघि पारसका मुख्य नायक अनमोल केसीले चलचित्र ए मेरो हजुर ४ को छायांकन सक्नुपर्नेछ । यो फिल्मका लागि अभिनेता केसीले कपाल छोटो बनाउनुपर्नेछ । फिल्ममा उनी अस्पताल भर्ना भएको देखाइनेछ ।

पारसमा भने अनमोल केसीको कपाल केही लामो हुनुपर्नेछ । पारसमा अनमोल केसीले कपाल पाल्नुपर्ने तर ए मेरो हजुर ४ का लागि छोटो बनाउनुपर्ने भएपछि विवाद उत्पन्न भएको चर्चा छ । तर, अनमोल केसी भने ए मेरो हजुर ४ का लागि कपाल छोटो बनाउँदै लैजान तयार भएका छन् ।

निर्माता भूवन केसी पारसको छायांकन ए मेरो हजुर ४ सकिएलगतै सुरु गर्ने योजनामा छन् । तर, पारसको छायांकनका लागि अब केही समय लाग्नेछ । फिल्म पारसलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । फिल्म ए मेरो हजुर ४ का निर्माता सुनिलकुमार थापाले भने अनमोल केसीसँग कुनै विवाद नभएको बताएका छन् ।

For More videos Log on to Mazzako TV