के कबड्डी ४ बन्ला अन्तिम सिरिज ?
कबड्डी नेपाली फिल्मको हिट सिरिज हो । कबड्डीबाट दर्शकको मन जितेको यो सिरिजको चौथो भाग पनि बन्ने भएको छ । निर्देशक रामबाबु गुरुङले कबड्डीको चौथो सिरिज बन्न लागेको जानकारी गराएका छन् । यो फिल्मको छायांकन वैशाखको २ गतेबाट सुरु हुनेछ । फिल्मका लागि कलाकार फाइनल गरिएको छैन ।

तर, निर्देशक गुरुङका अनुसार कबड्डी ४ यसको अन्तिम सिरिज हुनेछ । यसैले पनि यो पटक यसअघिका सबै सिरिजका कलाकार अटाउने प्रवल संभावना छ । दयाहाङ राई, निश्चल बस्नेत लगायतका कलाकारले यसमा काम गर्नेछन् ।
कबड्डी ४ को प्रदर्शन मिति तय गरिएको छैन । तर, आउँदो बर्षको दशैंमा फिल्म रिलिज हुने चर्चा चलेको छ ।








