‘अनानिक ब्युटी सलोन एंड स्पा’ को पाँचौ शाखा बिस्तार बौद्धमा गरिएको छ । बौद्धको ओपनिङ्ग अभिनेत्री मनिषा कोईराला सहित दर्जन बढी सेलिब्रेटीले रिवन काटेर उद्घाटन गरेका हुन् । बिहिबार राजधानीको बौद्धमा एक कार्यक्रमको आयोजना गर्दै ‘अनानिक ब्युटी सलोन एंड स्पा’ को ओपनिङ्गमा प्रतिनिधि सभा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायतका दर्जन बढी सेलिब्रेटीले रिवन काटेर अनानिकको पाँचौ ब्रान्चको ओपनिङ्ग गरेका छन् ।

सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाच वटा शाखा भएका छन् । २०१३ मा बानेश्वरबाट सुरुवात भएको अनानिकको हाल दरवारमार्ग, पोखरा, लाविम मल र बौद्धमा ब्रान्च खोलिएको हो ।
अभिनेत्री मनिषा कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी छिन्। अभिनेत्री स्वस्तिमा खड्का भन्छिन् , ’ सुरविन र उहाको टिमलाई धेरै शुभकामना । उहा र उहाको टिमको मिहेनत नै उहाहरुको सफलताको पहिलो सुत्र हो। ’

निर्देशक दिपाश्री निरौलाले सफलताको शुभकामना दिदै सुरविन र उनको मिहेनतको तारिफ गरेकी छिन्। दिपा भन्छिन्, ’सुरवीन र उहाको टिमको सेवा र यहाको हस्पिटालिटिले सधै आउनलाई आकर्षित गर्छ ।’
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले एक उर्जावान युवाले सौन्दर्य व्यवसायमा प्राप्त गरेको यो सफलता निकै तारिफयोग्य रहेको बताईन्। कार्यक्रममा बोल्दै अनानिकका सन्चालक सुरवीन राईले सवैको साथ र हौसलाले आफुले यो सफलता हासिल गरेको बताए।

For More videos Log on to Mazzako TV