मह जोडी र दीपकको टिमअप हुने
निर्देशक सुदन केसीले नयाँ फिल्म बनाउने तयारी गरेका छन् । दाल भात तरकारीका निर्देशकको नयाँ फिल्मका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काम गर्दैछन् । यो फिल्ममा अभिनेता दिपकराज गिरीसँग पनि टिमअप गर्ने चर्चा चलेको छ । दिपकले पनि निर्देशक सुदनसँग एक चरणको कुरा भएको बताएका छन् । यो फिल्मको कथा सुदन आफैले लेखिरहेका छन् ।
फिल्म शत्रु गतेमा काम गरेपछि मह जोडी र दिपकको टिमअप हुन सकेको थिएन । फिल्म दाल भात तरकारीमा पनि टिमअपको चर्चा भएपनि उनीहरुविच शेयरको कुरा मिलेन । नयाँ फिल्मका लागि कुरा भएपनि कथा फाइनल नभएसम्म केही भन्न नसकिने दिपकले बताएका छन् । उनका अनुसार, आफूले निर्देशक केसीलाई कथा बलियो हुनुपर्छ भनेको बताए ।
दाल भात तरकारीले समिक्षा कमजोर पाएपछि सुदनले दोश्रो फिल्म बलियो बनाउने तयारी थालेका छन् । मह जोडी र दिपकको टिमअप भएको खण्डमा उनको प्रोजेक्टले नयाँ उचाई पाउनेछ ।









